शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नयाँ बानेश्वरमा खुल्यो, ‘पिङ्क पुतली’

सोमबार, पुष ८ २०८१

काठमाडौं । नयाँ बानेश्वरमा ‘पिङ्क पुतली’ नामक रेस्टुरेन्ट खुलेको छ । पछिल्लो समय काठमाडौँमा रेस्टुरेन्टमा बसेर मिठा मिठा परिकारको स्वाद लिंदै लाइभ म्युजिक सुन्नेहरुको संख्या बढेको छ । संगीत पारखीहरुको लागि नयाँ बानेस्वरमा ‘पिङ्क पुतली’ नामक रेस्टुरेन्ट खुलेको हो । काठमाडौँमा पहिलो पटक रेस्टुरेन्टले ग्राण्ड ओपनिङ्ग चर्चित कलाकारहरुको सांगीतिक कार्यक्रमबाट गर्दैछ।

नयाँ बानेस्वर एभरेस्ट होटल संगै पिसी कम्प्लेक्समा रहेको रेस्टुरेन्ट ‘पिङ्क पुतली’ मा गायिका अन्जु पन्त, गायक कमल खत्री, गायिका एलिना चौहान, गायिका रचना रिमाल, गायिका अस्मिता अधिकारी, गायक महेश काफ्ले, गायक राहुल रक्स, गायिका श्रृष्टी राउत, किसन सिजापतिको सांगीतिक प्रस्तुति रहनेछ । डिसेम्बर २४ तारिख देखि जनवरी १ सम्म दैनिक सांगीतिक कार्यक्रमहुने रेस्टुरेन्ट सन्चालकले बताए । ‘पिङ्क पुतली’ मा खानाका बिभिन्न परिकार संगै सांगीतिक मजा लिनको लागि टेबल बुकिङ्ग समेत सुरु भई सकेको छ । बुकिङ्गको लागी सम्पर्क नम्बर ९८०३०७४६६६ रहेको छ।