शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

झण्डै १४ अंकले घट्यो नेप्से

दुई वटा समुहले कमाउँदा ११ वटाले गुमाए

आइतबार, पुष ७ २०८१

काठमाडौं । नेप्से घटेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से १३ दशमलव ५३ अंकले घटेर २५ सय ८३ दशमलव २९ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६९ अंंकले घटेर चार सय ४३ दशमलव शुन्य आठ अंकमा पुगेको छ । तीन सय १९ वटा कम्पनीहरुको ५७ हजार आठ सय ६३ पटकको कारोबारमा ९१ लाख ८० हजार सात सय १८ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम चार अर्ब ५१ करोड ८३ लाख ८५ हजार एक सय सात रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये जलबिद्युत समुहको सुचक २२ दशमलव १६ अंकले बढेर तीन हजार चार सय २४ दशमलव ३९ अंकमा पुगेको छ भने उत्पादनमुलक समुहको सुचक पनि बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने १२ दशमलव १९ अंकले घटेर १३ सय ८० दशमलव ११ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय एक दशमलव ६४ अंकले घटेर १२ हजार चार सय चार दशमलव ८४ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि एक सय तीन दशमलव ३५ अंकले घटेर १२ हजार चार सय नौं दशमलव २२ अंकमा पुगेकोमा बिकास बैंक, फाईनान्स, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्पोट लघुवित्त वित्तीय संस्था परेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंक बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको छ । रिभर फल्स पावर लिमिटेड भने बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको छ।