काठमाडौं । एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग पराजित बनेको छ ।
नेपालले दिएको ५५ रनको मध्यम लक्ष्य बंगलादेशले ९ दशमलव ५ बलमा १ विकेटको क्षतिमा पुरा गर्यो । योसँगै नेपालको महिला यू-१९ एसिया कपको फाइनल पुग्ने सपना असफल भएको छ ।
मलेसियाको बायुमस ओभलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा आठ विकेट गुमाएर ५४ रनको योगफल बनाएको थियो ।
नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् । त्यस्तै कप्तान पुजा महतो नौ तथा एलिशा यादवले आठ रन बनाइन् ।
अब आइतबार बंगलादेश फाइनलमा भारतसँग खेल्ने छ ।