शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

रियललाई फिफा इन्टर कन्टिनेन्टल कप

शुक्रबार, पुष ५ २०८१

रोम । स्पेनिस क्लब रियल मड्रिडले फिफा इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको छ । बुधबार राती भएको खेलमा मेक्सिकन क्लब पाचुकालाई ३-० गोलअन्तरले हराउँदै रियलले उपाधि जितेको हो । रियलको जितमा किलियन एमबापे, रोड्रिगो र भिनिसियस जुनियरले एक–एक गोल गरे । खेलको ३७औँ मिनेटमा एमबापेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १-० को अग्रता बनाएको रियलले दोस्रो हाफमा दुई गोल थपेको हो । ५३औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ८४औँ मिनेटमा भिनिले पेनाल्टीमार्फत् गोल गर्दै रियलको ३-० को जित सुनिश्चित गरे । रियल चारपटक इन्टर कन्टिनेन्टल कप जित्ने इतिहासकै पहिलो क्लब बनेको छ ।

यसअघि सन् १९६०, १९९८, र २००२ मा क्लबले यो प्रतियोगिता जितेको थियो । कन्काकाफ च्याम्पियनसिप कपको विजेता पाचुकाले काफ लिग विजेता इजिप्टको अल अहालीलाई हराउँदै इन्टर कन्टिनेन्टल कपको फाइनल पुगेको थियो । युरोपियन च्याम्पियन रियलले अघिल्लो राउन्ड नखेली सिधै फाइनल खेलेको हो । एजेन्सी ।