काठमाडौं । नेप्से घटेर राताम्मै देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ३१ दशमलव ४३ अंकले घटेर २५ सय ९६ दशमलव ८२ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३५ अंकले घटेर चार सय ४५ दशमलव ७७ अकमा पुगेको छ । तीन सय १० वटा कम्पनीहरुको ५५ हजार नौं सय ८९ पटकको कारोबार ९८ लाख ३२ हजार तीन सय आठ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम चार अर्ब ७६ करोड दुई लाख ६७ हजार चार सय ८३ रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दशमलव ५२ अकले घटेर १३ सय ९२ दशमलव ३१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५२ दशमलव ७२ अंकले घटेर तीन हजार चार सय दुई दशमलव २३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ३२ दशमलव ६२ अंकले घटेर १२ हजार पाँच सय छ दशमलव ४८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ३३ दशलव ५७ अंकले घटेर १२ हजार पाँच सय १२ दशमलव ५८ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन्।
नेप्सेमा आज सर्पोट लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा नारायणी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । जानकी फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।