काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि एक सय १९ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा जनकपुरले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११८ रन जोडेको हो । कर्णालीका लागि गुल्सन झाले सर्वाधिक २५ रन जोडे । २० बल खेलेका उनले एक चौका र २ छक्का प्रहार गरेका थिए ।
त्यसअघि ओपनर देव खनालले २० बलमा ३ चौका र एक छक्काको मदतमा २४ रन जोड्दा विलियम बोसिस्टोले १४ रन, जिसन मक्सुदले १२ रन, चाडविक वाल्टनले ११ रन जोड्दा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।