कमाउने भन्दा गुमाउने समुह धेरै
काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज बुधबार पाँच दशमलव ६० अंकले घटेर २६ सय २८ दशमलव २६ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५३ अंकले घटेर चार सय ५० दशमलव १२ अंकमा पुगेको छ । तीन सय १४ वटा कम्पनीहरुको ४९ हजार चार सय २१ पटकको कारोबारमा ८१ लाख ४७ हजार तीन सय २० कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम चार अर्ब २७ करोड ८२ हजार पाँच सय ७५ रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हँुँदा तीन वटा समुहहरुको सुचक बढेपनि बाँकी १० वटा समुहहरुको सुचक भने घटेका छन् । सो मध्ये फाईनान्स समुहको सुचक ३३ दशमलव ८६ अंकले बढेर तीन हजार एक सय ७६ दशमलव ७९ अंकमा चढेकोमा लघुवित्त र व्यापार समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने पाँच दशमलव १२ अंकले घटेर १४ सय तीन दशमलव ८३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १२ दशमलव ७६ अंकले घटेर तीन हजार चार सय ५४ दशमलव ९५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ४१ दशमलव ९८ अंकले घटेर १२ हजार छ सय ३९ दशमलव ११ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि १७ दशमलव ८३ अंकले घटेर १२ हजार छ सय ४६ दशमलव १५ अंकमा पुगेको छ । बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन्।
नेप्सेमा आज उपकार लघुवित्त वित्तीय संंस्थाले सबै भन्दा बढी कमाएको छ भने कुथेली बुखरी स्मल हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । जानकी फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।