काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अली पे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्यु आर भुक्तानी गर्न सम्झौता गरेको छ।
यस सम्झौता अन्तर्गत, चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरु र ब्ष्उिबथंं प्रयोगकर्ताहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्यु आर तथा यसका इन्टरपेरिएवल क्यु आर मा सजिलै भुक्तानी गर्न सक्नेछन्।
उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्पmबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । सानिमा बैंकको नेपाल क्लियरिङ हाउससंगको यस सहकार्यले नेपालमा पर्यटकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको प्रबद्र्धन गर्ने उद्देश्य रहेको छ । सानिमा बैंकका देशका सातै प्रदेशमा १३४ कार्यालयहरु तथा १२५ वटा ए.टि.एम. सञ्जाल रहेका छन्।