शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

महिला यु–१९ एसिया कप : नेपाल र भारतले अंक बाँडे

मंगलबार, पुष २ २०८१

काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कप क्रिकेटमा नेपाल र भारतबिचको खेल वर्षाका कारण प्रभावित भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको थियो ।

वर्षा नरोकिएपछि नेपाल र भारतले एक/एक अंक बाँडेका हुन् ।

योसँगै नेपाल ३ अंकसहित शीर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो । भारत समान ३ अंकसहित दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ ।

नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।

आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित छ टोली सम्मिलित छन् । यसमा समूह ‘ए’मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छ भने समूह ‘बी’मा नेपालसहित भारत र पाकिस्तान छन् ।