बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध

मंगलबार, पुष २ २०८१

काठमाडौं । बाँणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध भएका छन् । वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतको संस्थाको रूपमा रहेको संघमा आगामी कार्यकालको लागि अध्यक्षमा कोइरालाको एकल उम्मेदवारी परेको हो । संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका सुरेन्द्र रेग्मी चयन भएका छन्।

संघमा अध्यक्ष, उपाध्यक्ष र आठजना सदस्य रहने व्यवस्था छ । बहालवाला पछिल्लो पूर्व अध्यक्षलाई निवर्तमान अध्यक्षको हैसियतमना अध्यक्षपछिको दोस्रो वरियताक्रममा राख्ने गरिएको छ । यसपटकको साधारणसभाबाट अध्यक्षमा कोइराला नियुक्त हुने भएसँगै उक्त पद खाली हुन लागेको हो । सो पदमा सुरेन्द्र रेग्मी चयन भएका हुन् । यसैगरी नेपाल एसबीआई बैंकका दीपकुमार डे पनि बिदा हुँदैछन्। त्यसबाहेक एक सदस्य अहिले खाली छ । उक्त ठाउँमा नेपाल बैंकका तिलकराज पाण्डे र कुमारी बैंकका रामचन्द्र खनाल निर्विरोध भएका छन् । अहिले संघका सदस्य रहेका प्रभु बैंकका अशोक शेरचन, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम बैंकका सञ्जीव मानन्धर, एभरेस्ट बैंकका सुदेश खालिङ, सिद्धार्थ बैंकका सुन्दर प्रसाद कँडेल हिमालयन बैंकका अशोक राणा कायमै रहनेछन्।