शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

काठमाडौंलाई हराउँदै जनकपुर प्लेअफमा

बिहिबार, मंसिर २७ २०८१

काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ ।  काठमाडौं गोर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर प्लेअफमा पुगेको हो।

एक खेल अगावै अर्को चरणमा पुग्ने पहिलो टिम जनकपुर बनेको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा काठमाडौंले दिएको १०२ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १५।५ ओभरमा १०४ रन जोड्दै लक्ष्य पूरा गर्यो ।

जनकपुरका लागि हर्ष ठाकरले अविजित २५ रन जोडे । जिमी नीशम १८ रनमा आउट हुँदा लाहिरु मिलान्थाले १६ तथा कप्तान अनिल साहले ११ रन जोडे ।

बलिङमा काठमाडौंका करण केसीले २ तथा शाहब आलम, जेर्राड एरासमस रदिपेश कँडेलले समान १ विकेट लिए ।

त्यसअघि जनकपुरका ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु जनकपुरको धारिलो बलिङ सामु टिक्न नसक्दा १९।३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट भएको थियो ।