शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्से घट्यो, कारोबार रकम बढ्यो

३३ अंकले घट्दा छ अर्ब १४ करोडको शेयर किनबेच

बिहिबार, मंसिर २७ २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।  अघिल्लो दिन ४५ दशमलव ८८ अंकले बढेर पाँच अर्बको कारोबार भएकोमा आज भने नेप्से ३३ दशमलव ४२ अंकले घटेर २६ सय ८२ दशमलव २९ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ४४ अंकले घटेर चार सय ५८ दशमलव २२ झरेको छ । तीन सय चार वटा कम्पनीहरुको ६७ हजार एक सय २८ पटकको कारोबारमा एक करोड २३ लाख ७१ हजार तीन सय १८ कित्ता शेयर किनबेच भएको छ । सो अनुसार आज कुल कारोबार रकम छ अर्ब १४ करोड ४० लाख ६५ हजार सात सय ४४ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर हुँदा उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक बढेपनि बाँकी समुहहरुको सुचक भने घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २५ अंकले घटेर १४ सय २७ दशमलव ८३ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ३५ दशमलव ७१ अंकले घटेर तीन हजार पाँच सय ४६ दशमलव ६८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ८० दशमलव ४१ अंकले घटेर १२ हजार नौं सय ३६ दशमलव ४२ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय १९ दशमलव ३१ अंकले घटेर १२ हजार आठ सय २० दशमलव २९ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य र व्यापार समुहहरुको सुचक पनि पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज त्रिशुली जलबिद्युत कम्पनीले सबैभन्दा बढी कमाउँदा सबै भन्दा बढी गुमाउने र सबै भन्दा बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा जानकी फाईनान्स परेको छ ।