शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा हरियाली, ४५ अंकले बढ्दा पाँच अर्बको कारोबार

बुधबार, मंसिर २६ २०८१

काठमाडौं । नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो तीन दिन लगातार घटेको नेप्से आज बुधबार ४५ दशमलव ८८ अंकले बढेर २७ सय १५ दशमलव ७१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ७५ अंकले बढेर चार सय ६४ दशमलव ६६ अंकमा चढेको छ । तीन सय आठ वटा कम्पनीहरुको ५६ हजार तीन सय ५० पटकको कारोबारमा एक करोड १३ लाख ८६ हजार आठ सय ५४ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम पाँच अर्ब पाँच करोड छ लाख ५४ हजार चार सय ५० रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक घटेपनि बाँकी १२ वटा समुहहरुको सुचक भने बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ४८ दशमलव २० अंकले बढेर १४ सय ५२ दशमलव ८३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६९ दशमलव ११ अंकले बढेर तीन हजार पाँच सय ८२ दशमलव ३९ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ३८ दशमलव ९३ अंकले बढेर १३ हजार एक सय १६ दशमलव ८४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ३२ दशमलव ११ अंकले बढेर १२ हजार नौं सय ३९ दशमलव ६१ अंकमा चढेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज ङादी हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा खानीखोला हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । जानकी फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।