बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शेयर बजार राताम्मै

एकै दिन ४५ अंकले घट्दा सात अर्ब ४६ करोडको कारोबार

आइतबार, मंसिर २३ २०८१

काठमाडौं । नेप्से घटेर राताम्मै भएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ४५ दशमलव ९३ अंकले घटेर २६ सय ८९ अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ९६ अंकले घटेर चार सय ५७ दशमलव शुन्य चार अंकमा पुगेको छ । तीन सय २१ वटा कम्पनीहरुको ८१ हजार चार सय चार पटकको कारोबारमा एक करोड ७३ लाख ९२ हजार दुई सय ४४ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम सात अर्ब ४६ करोड तीन लाख चार हजार नौं सय ९९ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २६ दशमलव ८२ अंकले घटेर १४ सय १३ दशमलव ४४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ७१ दशमलव ६८ अंकले घटेर तीन हजार पाँच सय ४४ दशमलव ३० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि चार सय २३ दशमलव शुन्य चार अंकले घटेर १३ हजार तीन सय ३२ दशमलव ३१ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय नौ दशमलव ११ अंकले घटेर १२ हजार नौं सय ८४ दशमलव ३२ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन्।

नेप्सेमा आज खानीखोला हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी कमाउँदा मानुषी लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।