मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

शुक्रबार, मंसिर २१ २०८१

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दोलखा वैतेश्वर गाउँपालिका–१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ बस्ने ४७ वर्षीया कमला गोले तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।

कमलाले आफ्नै घरमा बास बसेका विर बहादुर तमाङको २०६७ असोज २० गते खुकुरी प्रहार गरी हत्या गरेको घटनामा सर्वोच्च अदालतको २०७२ भदौ ११ गतेको फैसलाले १२ वर्ष कैद सजाय ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।