काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज भएको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई जितका लागि १६८ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदुरपश्चिमले ८ विकेट गुमाएर पुरै २० ओभर खेल्दै १६७ रन जोडेको हो।
सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलनले अर्धशतकीय इनिङ खेले । उनले ३६ बलमा ३ चौका र ४ छक्काको मदतमा ५३ रन जोडे । पहिलो १० ओभरमा विष्फोटक ब्याटिङ गरेपनि दोस्रो १० ओभर राम्रो रहेन । कप्तान दीपेन्द्रसिंह ऐरीले ३ चौका र २ छक्काको मदतमा ४३ रन जोडे भने विनोद भण्डारी ३५ रन प्रहार गरेर आउट भए।
जारी प्रतियोगितामा काठमाडौं गुर्खाजको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमध्ये काठमाडौँले एक खेलमा विजयी भएको छ भने एक खेलमा पराजय भोगेको छ । काठमाडौँ गुर्खाज पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा भने काठमाडौँले कर्णालीलार्ई तीन विकेटले हराएको थियो।
त्यस्तै, जारी एनपिएलमा सुदूरपश्चिम रोयल्सको यो दोस्रो खेल हो । पहिलो खेलमै सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरूआत गरेको थियो।
कप्तान कुशल भुर्तेल ६ रनमा आउट हुँदा दिलीप नाथ ११ र दिनेश खरेल १० रनमा समेटिए ।
बलिङतर्फ ललित राजवंशीले ३ विकेट लिए भने जेम्स नीशमले २ विकेट लिँदा किशोर महतो र मोहम्मद मोसिनले १/१ विकेट लिए । अहिले जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ।