शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

२४ अंकले घट्यो नेप्से

कमाउने भन्दा गुमाउने समुह धेरै

बुधबार, मंसिर १९ २०८१

काठमाडौं । अघिल्लो दिन बढेको नेप्से आज बुधबार भने घटेको छ । नेप्से आज २४ दशमलव ९७ अंकले घटेर २७ सय ५० दशमलव ८७ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १८ अंकले घटेर चार सय ६९ दशमलव शुन्य तीन अंकमा पुगेको छ । तीन सय २० वटा कम्पनीहरुको ९६ हजार छ सय ७७ पटकको कारोबारमा दुई करोड तीन लाख ३२ हजार ६६ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम नौं अर्ब १३ करोड २४ लाख ६८ हजार नौं सय छ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुुँदा जलबिद्युत समुहको सुचक २१ दशमलव ७१ अंकले बढेर तीन हजार छ सय ४८ दशमलव १६ अंकमा पुग्दा उत्पादनमुलक र लघुवित्त समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव शुन्य तीन अंकले घटेर १४ सय ५४ दशमलव ४१ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय १६ दशमलव ४५ अंकले घटेर पाँच हजार आठ सय ८१ दशमलव १८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय सात दशमलव ८६ अंकले घटेर १३ हजार छ सय ४५ दशमलव ८३ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ४४ दशमलव ३६ अंकले घटेर १३ हजार एक सय तीन दशमलव ५२ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, होटल तथा पर्यटनन लगानी, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन्।

नेप्सेमा आज खानीखोला हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी कमाउँदा सर्पोट लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । जोशी हाईड्रोपावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।