काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध काठमाडौँ गुर्खाजले जित निकालेको छ। आज कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौँ गुर्खाजले ३ विकेटले जित निकालेको हो।
कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउँदै पूरा गरेको हो।
काठमाडौंका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । यस्तै जेरार्ड एरासमसले ३८ तथा कप्तान करण केसीले २८ रन बनाए।
कर्णालीका लागि सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जेसन मक्सुद र विपिन शर्माले १-१ विकेट लिएका थिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले शिखर धवनको अर्धसतकिय पारीको मदतमा १५० रन बनाएको थियो । उनले ५१ बल खेल्दै ४ चौका र ५ छक्का मदतमा अविजित ७२ रन बनाए । कर्णालीका मक्सुदले ११ बल खेल्दै १ चौका मदतमा अविजित १४ रन जोडे । चाडविक वाल्टनले २१, बाबा रहायतले १३ र गुल्सन झा ले २ रन जोडे । अर्जुन घर्ती ४ रनमा आउट भए भने ओपनर देव खनालले खाता खोल्न सकेनन् ।
बलिङमा काठमाडौंका जेरार्ड एरासमसले २ तथा करण केसी, नाथन सोटर र दिपेश कँडेलले १/१ विकेट लिए ।