बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एनपीएल

धवनको अर्धशतकमा काठमाडौँलाई कर्णालीले दियो १५० रनको लक्ष्य

बुधबार, मंसिर १९ २०८१

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले काठमाडौँ गुर्खाजलाई १५० रनको लक्ष्यको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीका लागी शिखर धवनले अर्धशतक प्रहार गरेसँगै २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको हो।

धवनले ५१ बल खेल्दै ४ चौका र ५ छक्का मदतमा अविजित ७२ रन बनाए। कर्णालीका मक्सुदले ११ बल खेल्दै १ चौका मदतमा अविजित १४ रन जोडे ।

चाडविक वाल्टनले २१, बाबा रहायतले १३ र गुल्सन झा ले २ रन जोडे । अर्जुन घर्ती ४ रनमा आउट भए भने ओपनर देव खनालले खाता खोल्न सकेनन् ।

बलिङमा काठमाडौंका जेरार्ड एरासमसले २ तथा करण केसी, नाथन सोटर र दिपेश कँडेलले १/१ विकेट लिए ।