शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

जनकपुरको लगातार दोस्रो जित

सोमबार, मंसिर १७ २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा कर्णाली याक्समाथि जनकपुर बोल्ट्सले सहज जित निकालेको छ । कप्तान अनिल शाहको अर्धशतकसँगै जनकपुरले दोस्रो जित निकालेको छ ।

नेपाल प्रिमियर लिग ९एनपिएल० को तेस्रो खेलमा कर्णाली याक्सविरुद्द जनकपुर बोल्ट्सका कप्तान शाहले कप्तानी पारी खेले ।

अनिलको अविजित ६२ रनको मद्दतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५।१ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो।

ओपनर अनिलले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे ।

अनिलले आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार गरे । आसिफले २९ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३६ रन जोडे ।

दोस्रो विकेटका लागि अनिल र लाहिरु मिलान्थाले ३३ रनको साझेदारी खेले । जिमी निशम १६ रनमा अविजित रहे ।

बलिङमा कर्णालीका मौसम ढकाल र जिशन मक्सुदले एकएक विकेट लिए ।