१९ अंकले बढ्दा १० अर्ब ५४ करोडको शेयर किनबेच
काठमाडौं । अघिल्लो दिन घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने नेप्से सुचक तथा कारोबार रकम दुबै बढेको छ । नेप्से आज १९ दशमलव ९७ अंकले बढेर २७ सय ५८ दशमलव शुन्य चार अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने एक दशमलव ५० अंकले घटेर चार सय ७१ दशमलव ७९ अंकमा झरेको छ । तीन सय १४ वटा कम्पनीहरुको एक लाख तीन हजार चार सय ८१ पटकको कारोबारमा दुई करोड ३० लाख ११ हजार तीन सय ६१ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १० अर्ब ५४ करोड १७ लाख ४६ हजार पाँच सय ६४ रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये चार वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । सो मध्ये बाँणिज्य बैक समुहको सुचक आठ दशमलव ६९ अंकले घटेर १४ सय ६१ दशमलव ९७ अंकमा पुगेकोमा बिकास बैंक र फाईनान्स समुहको सुचक पनि घटेको छ । जलबिद्युत समुहको सुचक भने २२ दशमलव १९ अंकले बढेर तीन हजार पाँच सय ६० दशमलव ३५ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि २७ दशमलव २७ अंकले बढेर १३ हजार दुई सय १६ दशमलव ९६ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन्।
नेप्सेमा आज तारागाउँ रिजेन्सी होटलले सबैभन्दा बढी कमाउँदा नेपाल फाईनान्सले सबैभन्दा बढी गुमाएको छ । यसैगरी नेपाल फाईनान्सकै आज सबैभन्दा बढी रकम कारोबार भएको छ।