बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

झण्डै १० अंकले घट्यो नेप्से

कमाउने भन्दा गुमाउने समुह धेरै

आइतबार, मंसिर १६ २०८१

काठमाडौं । नेप्से घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से नौं दशमलव ९९ अंकले घटेर २७ सय ३८ दशमलव शुन्य छ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २० अंकले घटेर चार सय ७३ दशमलव ३० अंकमा पुगेको छ । तीन सय १४ वटा कम्पनीहरुको ८२ हजार छ सय दुई पटकको कारोबारमा एक करोड ६७ लाख ६७ हजार एक सय ६८ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम आठ अर्ब ८३ करोड २२ लाख २५ हजार आठ सय ९२ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा तीन वटा समुहहरुको सुचक बढेपनि बाँकी १० वटा समुहहरुको सुचक भने घटेका छन् । सो मध्ये बिकास बैंक समुहको सुचक दुई सय ६५ दशमलव १५ अंकले बढेर छ हजार एक सय २६ दशमलव २७ अंकमा पुग्दा होटल तथा पर्यटन र व्यापार समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैक समुहको सुचक भने २२ दशमलव शुन्य एक अंकले घटेर १४ सय ७० दशमलव ६६ अंकमा झर्दा जलबिद्युत समुहको सुचक पनि ४० दशमलव ८६ अंकले घटेर तीन हजार पाँच सय ३८ दशमलव १६ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ८४ दशमलव १४ अंकले घटेर १३ हजार तीन सय ८३ दशमलव ७३ अंंकमा झर्दा फाईनान्स, निर्जीवन बीमा, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि घटेका छन्।

नेप्सेमा आज बिशाल बजार कम्पनीले सबैभन्दा बढी कमाएको छ भने जानकी फाईनान्सले सबै भन्दा बढी गुमाएको छ । एक्सेल डेभलपमेन्ट बैंकको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।