काठमाडौं । बलिउडका चर्चित कमेडियन तथा अभिनेता सुनिल ग्रोवर नेपाल आइपुगेका छन्। उनी बिहीबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। ग्रोवरले आज शुक्रबार ‘लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिनका लागि नेपाल आइपुगेका हुन्।
उनले काठमाडौं नयाँबानेश्वरस्थित होटल एभरेष्टको मैदानमा आफ्नो प्रस्तुति दिन लागेका हुन्। सुनिल ग्रोवर लाइभ इन नेपाललाई लिक्विट इन्टिलिजेन्सले आयोजना गर्न लागेको छ । काठमाडौं बसाइमा सुनीलले पशुपतिनाथ मन्दिर पनि दर्शन गर्ने जनाइएको छ । उनी शनिबार भारत फर्किने बताइएको छ ।