शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

३८ अंकले बढ्यो नेप्से

फाईनान्स बाहेक सबै सुचक हरियो, नौं अर्ब भन्दा बढीको शेयर किनबेच

बुधबार, मंसिर १२ २०८१

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार पनि ३८ दशमलव ८१ अंकले बढेर २७ सय ५५ दशमलव ४७ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३३ अंकले बढेर चार सय ८० दशमलव ९० अंकमा चढेको छ । तीन सय १६ वटा कम्पनीहरुको ८९ हजार पटकको कारोबारमा एक करोड ७१ लाख ८३ हजार आठ सय ५४ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम नौं अर्ब ३१ करोड २९ लाख ३४ हजार आठ सय ४० रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हँुदा फाईनान्स समुहको सुचक १७ दशमलव ६४ अंकले घटेपनि बाँकी समुहहरुको सुचक उच्च अंकले बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ८६ अंकले बढेर १५ सय पाँच दशमलव ९१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५२ दशमलव ३४ अंकले बढेर तीन हजार छ सय २९ दशमलव १६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि तीन सय ६९ दशमलव ७९ अंकले बढेर १३ हजार पाँच सय चार दशमलव ३८ अंकमा पुगेको पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ५५ दशमलव ८१ अंकले बढेर १३ हजार दुई सय ६२ दशमलव ९१ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन्।

नेप्सेमा आज बेष्ट फाईनान्सले सबैभन्दा बढी कमाउँदा मिथिला लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । जानकी फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।