एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीले सन् २०१३ मा एक टिभीमा वञ्चित वर्गलाई लिएर विवादित वयानमा ‘क्लिन चिट’ पाएकी छिन्। यो विषयलाई लिएर राजस्थानमा उनीविरूद्ध एफआइआर दर्ता गरिएको थियो । उक्त केस हालसम्म चलिरहेको थियो ।
अब यस मामिलामा राजस्थान हाइकोर्टका तर्फबाट शिल्पा शेट्टीले ‘क्लिन चिट’ पाएकी छिन्। कोर्टले आदेशमा यस मामिलामा शिल्पा शेट्टीका विरूद्ध कुनै प्रमाण नभेटेको बताएको छ ।
शिल्पाका वकिल प्रशान्त पाटिलले यस मामिलामा अभिनेत्री शिल्पाले पहिलै सार्वजनिकरूपमा माफी मागेको बताएका छन्। उक्त अन्तर्वार्तामा अभिनेता सलमान खान पनि थिए। तर, सलमानको नाम केसमा सामेल थिएन ।