बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दोहोरो अंकले उक्लियो नेप्से

छ अर्ब ३४ करोडको शेयर कारोबार

सोमबार, मंसिर १० २०८१

काठमाडौं । नेप्से दोहोरो अंकले उक्लिएको छ । अघिल्लो दिन १३ अंकले घटेको नेप्से आज सोमबार १५ दशमलव ८३ अंंकले बढेर २६ सय ८३ दशमलव २४ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८६ अंकले बढेर चार सय ७३ दशमलव शुन्य छ अंकमा चढेको छ । तीन सय नौं वटा कम्पनीहरुको ६५ हजार आठ सय २४ पटकको कारोबारमा एक करोड २२ लाख ६३ हजार सात सय ८० कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम छ अर्ब ३४ करोड ५८ लाख नौं हजार पाँच सय ९७ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक घटेका छन् भने यि बाहेक ११ वटा समुहहरुको सुचक भने बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ७४ अंकले बढेर १४ सय ८३ दशमलव २४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १५ दशमलव ७० अंकले बढेर तीन हजार पाँच सय सात दशमलव ६७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ३० दशमलव २१ अंकले बढेर १३ हजार एक दशमलव ९२ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ६३ दशमलव ५७ अंकले बढेर १३ हजार एक दशमलव ९२ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज बेष्ट फाईनान्सले सबैभन्दा बढी कमाउँदा ङादी ग्रुप पावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । यसैगरी ङादी ग्रुप पावर लिमिटेडको आज सबैभन्दा बढी रकम कारोबार भएको छ।