काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।
अनावरणमा प्रधानमन्त्री ओलीसहित खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का सहभागी थिए ।
एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जानकारी दिए ।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ । एनपीएलमा ८ फेन्चाइज टोलीले सहभागिता जनाएका छन् ।