शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

१३ अंकले घट्यो नेप्से

दुई वटा समुहले कमाउँदा ११ वटाले गुमाए

आइतबार, मंसिर ९ २०८१

काठमाडौं । नेप्से घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से १३ दशमलव शुन्य तीन अंकले घटेर २६ सय ६७ दशमलव ४० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७६ अंकले घटेर चार सय ७१ दशमलव २० अंकमा झरेको छ । तीन सय २२ वटा कम्पनीहरुको ७६ हजार चार सय १८ पटकको कारोबारमा एक करोड ५२ लाख ७० हजार एक सय ९७ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम सात अर्ब ७२ करोड ८८ लाख ६१ हजार दुई सय ५० रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा उत्पादनमुलक र लगानी समुहको सुचक सामान्य अंकले बढेका छन् । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव १४ अंकले घटेर १४ सय ८१ दशमलव ४९ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि १४ दशमलव ५३ अंकले घटेर तीन हजार चार सय ९१ दशमलव ९७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ७२ दशमलव ६३ अंकले घटेर १२ हजार नौं सय ७१ दशमलव ७१ अंकमा पुग्दा निर्जीवन बीमा समुहको सुचक पनि २२ दशमलव ३८ अंकले घटेर १२ हजार आठ सय ३७ दशमलव ६४ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन्।

नेप्सेमा आज थ्रि स्टार हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने सेञ्चुरी बैंकको ऋणपत्रले सबैभन्दा बढी गुमाएको छ । जानकी फाईनान्सको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ।