काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार भइरहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले किन र कसको प्रायोजनमा यो भइरहेको छ भन्दै प्रश्न गरे ।
उनले एमाले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएको कारण एमालेविरुद्ध कुप्रचार गरिएको बताए । ‘के नेकपा एमालेले स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ?’, उनले प्रश्न गरे ।
‘नेपालको विकास र समृद्धिका लागि मेघा परियोजनाहरू अघि बढाउनु, सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?, नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरूबाट सहुलियतपूर्ण ऋण सहायता लिनु के गलत हो ?, नेपाललाई भूपरिवेष्टित मुलुकबाट भू जडित मुलुकमा बदल्नका लागि उत्तरी छिमेकी चीनसँग व्यापार र पारवहन सम्झौता गर्नु गलत हो ?’, पोखरेलले प्रश्न गर ।