काठमाडौं । नक्कली फेसबुक आईडी बनाई वैदेशिक रोजगारीमा पठाई दिन्छु भनी ठगी गर्ने व्यक्ति काठमाडौं । नक्कली फेसबुक आईडी बनाई वैदेशिक रोजगारीमा पठाई दिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-३१ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने २१ वर्षीय सुरज पौडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
सामाजिक संजाल फेसबुकमा फेक आईडीबाट दुबईमा वैदेशिक रोजगारको लागि सुवर्ण अवसर छ, भिजिट भिषामा दुबईमा आई काम गर्न मिल्छ भनि बिज्ञापन पोष्ट गरी पीडितसँग म्यासेन्जर र ह्वाट्स एपमा कुरा गरी नगद २ लाख १५ हजार रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं टेकुबाट पक्राउ गरेको हो।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ।