काठमाडौं । आइसीएपीपी (इन्टरनेसनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टीज) को १२ औं अधिवेसनमा भाग लिन नेपालबाट पाँच दलको टोली कम्बोडिया पुगेको छ ।
कम्बोडियामा आजबाट हुने सो अधिवेसनमा भाग लिन एमालेबाट पूर्वविदेश विभाग प्रमुख राजन भट्टराई र हालका विदेश विभाग प्रमुख रघुविर महासेठ छन् भने कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला, माओवादीका उपाध्यक्ष अग्नी सापकोटा, जनमत पार्टीका अध्यक्ष सीके राउत, राप्रपा नेता उद्धव पौडेललगायत पनि भ्रमण टोलीमा छन् ।
आजै सभामुख देवराज घिमिरे पनि कम्बोडिया उड्दैछन् । दलहरुको टोलीभन्दा सभामुखको भ्रमणको प्रयोजन फरक छ । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस फोरमको होस्ट कम्बोडियाले गर्दैछ ।