बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

किएभमा बन्द भयो अमेरिकी दूतावास

बिहिबार, मंसिर ६ २०८१

काठमाडौं । युक्रेनको किएभमा रहेको अमेरिकी राजदूतावास बन्द गरिएको छ । अमेरिकी विदेश मन्त्रालयको कन्सुलर विभागले त्यहाँको दूतावास अस्थायी रुपमा बन्द गरिएको जनाएको छ।

अमेरिकाले रुसको राजधानी मस्कोसम्म प्रहार गर्न लामो दूरीको क्षेप्यास्त्र प्रयोगका लागि युक्रेनलाई अनुमति दिएको भोलिपल्ट अमेरिकाले उक्त निर्णय गरेको हो।

दूतावासका कर्मचारी र नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ।