शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा नौं अंकको बृद्धि

पाँच वटा समुहले गुमाउँदा आठ वटा समुहले कमाए

बुधबार, मंसिर ५ २०८१

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार नौं दशमलव शुन्य नौं अंकले बढेर २७ सय ११ दशमलव ७५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३४ अंकले बढेर चार सय ७८ दशमलव ५० अंकमा चढेको छ । तीन सय २३ वटा कम्पनीहरुको ७४ हजार तीन सय तीन पटकको कारोबारमा एक करोड ५४ लाख ६४ हजार पाँच सय ५२ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम सात अर्ब नौं करोड २८ लाख ७९ हजार नौं सय ४६ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहहरुको सुचक घटेपनि बाँकी समुहहरुको सुचक भने बढेका छन् । आज बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ९८ अंकले घटेर १५ सय तीन दशमलव ३० अंकमा झरेको छ भने जीवन बीमा, निर्जीवन बीमा, उत्पादनमुलक र अन्य समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने एक सय ८६ दशमलव ५४ अंकले बढेर पाँच हजार सात सय दुई दशमलव २४ अंकमा पुग्दा फाईनान्स, जलबिद्युत, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज कर्पोरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कमाएको छ भने गुराँस लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर लिमिटेडंको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।