शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

शेयर बजार राताम्मै

५१ अंकले घट्दा १० अर्ब ४६ करोडको कारोबार

मंगलबार, मंसिर ४ २०८१

काठमाडौं । नेप्से घटेर राताम्मै भएको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से ५१ दशमलव ११ अंकले घटेर २७ सय दुई दशमलव ६५ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ७४ अंकले घटेर चार सय ७८ दशमलव १६ अंकमा सिमित भएको छ । तीन सय १० वटा कम्पनीहरुको एक लाख पाँच हजार आठ सय २७ पटकको कारोबारमा दुई करोड २५ लाख ८८ हजार दुई सय ४७ कित्ता शेयर खरिद किनबेच हुँदा आज कुल कारोबार रकम १० अर्ब ४६ करोड ८३ लाख २० हजार पाँच सय २१ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये सबै समुहहरुको सुचक घटेर नेप्से पुरै राताम्मै भएको छ । ति मध्ये आज बाँणिज्य बैंक समुहको सुचक १७ दशमलव शुन्य चार अंकले घटेर १५ सय सात दशमलव २८ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक सय १० दशमलव ८७ अंकले घटेर तीन हजार चार सय ९३ दशमलव ५९ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ६२ दशमलव ६३ अंकले घटेर १३ हजार दुई सय ५० दशमलव १३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय २५ दशमलव २६ अंकले घटेर १३ हजार ३८ दशमलव ४६ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन्।

नेप्सेमा आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा ङादी ग्रुप पावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । यसैगरी आज ङादी ग्रुप पावर लिमिटेड कै सबैभन्दा बढी रकम कारोबार भएको छ।