बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राजकीय सम्मानसहित पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि

सोमबार, मंसिर ३ २०८१

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

आइतबार दिउँसो दिवंगत ढुंगानाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

उनको पार्थिव शरीरमा छोराहरु निमेष र निशेषले दागबत्ती दिए। सोही बेला नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

आज बिहानको मन्त्रिपरिषद् बैठकले ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र उनको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

अन्त्येष्टिअघि ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको थियो । प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलगायत श्रद्धाञ्जलीका लागि पुगेका थिए ।