काठमाडौँ । पूर्व सभामुख दमननाथ ढुङ्गानाको आइतबार निधन भएको छ । ८३ वर्षीय ढुंगानाको उपचारको क्रमम निधन भएको हो ।
ढुङ्गानालाई स्वास्थ्यमा समस्या आएपछि उनलाई राजधानीको फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो ।
वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएर प्रतिनिधिसभाको सभामुख भएका थिए।
ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।