शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा सामान्य अंकले बृद्धि

कारोबार रकम बढेर झण्डै १२ अर्ब पुग्यो

आइतबार, मंसिर २ २०८१

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से चार दशमलव ९८ अंकले बढेर २७ सय ५३ दशमलव ७६ अंकमा चढेपनि सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव १२ अंकले घटेर चार सय ८५ दशमलव ९१ अंकमा सिमित भएको छ । तीन सय २६ वटा कम्पनीहरुको एक लाख १३ हजार दुई सय ५२ पटकको कारोबारमा दुई करोड ४४ लाख २६ हजार नौं सय कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार नौं सय चार रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा चार वटा समुहले गुमाएपनि बाँकी समुहले कमाएका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ३२ अंकले टेर १५ सय २४ दशमलव ३२ अंकमा पुगेकोमा फाईनान्स, निर्जीवन बीमा र उत्पादमुलक समुहको सुचक पनि घटेको छ । बिकास बैंक समुहको सुचक भने ३४ दशमलव ८२ अंकले बढेर पाँच हजार छ सय ४५ दशमलव २९ अंकमा पुगेकोमा जलबिद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन्।

नेप्सेमा आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा समृद्धि फाईनान्सले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।