सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

‘वर्तमान संयुक्त सरकारले गरेको कामबारे स्पष्ट पार्न जागरण सभा’

शुक्रबार, कार्तिक ३० २०८१

काठमाडौं । नेकपा एमालेका महासविच शंकर पोखरेलले ‘वर्तमान संयुक्त सरकारले गरेको काम, उपलब्धि र आगामी योजनाबारे जनतालाई स्पष्ट पार्न जागरण सभा आयोजना गरिएको बताएका छन्।

शुक्रबार पार्टी कार्यालयमा जागरण सभाबारे जानकारी दिँदै महासचिव पोखरेल सरकारले जनताको पक्षमा काम गरेपनि समाजमा अराजकता मच्चाउन जुन प्रकारका नियोजित रुपमा फेक आइडी बनाएर समाजलाई दिग्भ्रमित बनाउने प्रयास भइरहेको छ त्यो गलत हो भन्ने स्थापित गर्न जरुरी रहेको बताए।

उनले अराजकताविरुद्ध जागरूक बनाउने काम राजनीतिक पार्टीको काम मात्र नभएर सञ्चारमाध्यमको समेत दायित्व हो भन्ने बुझ्नुपर्ने बताए ।