मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

नेपाली सेनामा भर्ना खुल्यो (विज्ञापनसहित)

शुक्रबार, कार्तिक ३० २०८१

काठमाडौं। नेपाली सेनाको प्राड/प्राविधिक/हवाई एवम् विविध सेवातर्फका अधिकृत पदमा भर्ना खुलेको छ ।

नेपाली सेना भर्ना छनौट निर्देशनालय जंगीअड्डाका अनुसार प्राड उपसेनानी, डाक्टर, पाइलट, समाचार सम्पादकदेखि लेखा उपसेनानीसम्मका २१ सिटका लागि भर्ना खुलेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर २९ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

दरखास्त दिने म्याद कात्तिक ३० गतेदेखि मंसिर २९ गतेसम्म छ । दोब्बर दस्तुर बुझाएर मंसिर ३० देखि पुस ६ गतेसम्म पनि दरखास्त दिन सकिने छ ।