शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

झण्डै १४ अंकले बढ्यो नेप्से

१० अर्ब भन्दा बढीको शेयर किनबेच

बिहिबार, कार्तिक २९ २०८१

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार १३ दशमलव ९५ अंकले बढेर २७ सय ४८ दशमलव ७८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २३ अंकले बढेर चार सय ८६ दशमलव शुन्य तीन अंकमा चढेको छ । तीन सय २१ वटा कम्पनीहरुको एक लाख एक हजार पाँच सय ४५ पटकको कारोबारमा दुई करोड १६ लाख ६० हजार छ सय ३९ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १० अर्ब ३२ करोड तीन लाख ३१ हजार चार सय ३६ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये छ वटा समुहको सुचक घटेपनि बाँकी समुहहरुको सुचक बढेका छन् । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ७८ अंकले बढेर १५ सय २७ दशमलव ६५ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ४७ दशमलव ३७ अंकले बढेर तीन हजार पाँच सय ७४ दशमलव शुन्य दुई अंकमा पुगेको छ । बिकास बैंक, होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुुचक पनि बढेका छन् । फाईनान्स समुहको सुचक भने तीन दशमलव ७४ अंकले घटेर तीन हजार सात सय ६१ दशमलव ७७ अंकमा पुगेकोमा जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमुलक र व्यापार समुहको सुचक पनि घटेका छन्।

नेप्सेमा आज गुराँस लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा रावा इर्नर्जी कम्पनीले सबैभन्दा बढी गुमाएको छ । जानकी फाईनान्सको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ।