कमाउने भन्दा गुमाउने समुह धेरै
काठमाडौं । नेप्से पुन घटेको छ । अघिल्लो दिन ११ दशमलव २४ अंकले घटेको नेप्से आज बुधबार १४ दशमलव १२ अंकले घटेर २७ सय ३४ दशमलव ८३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पाँच दशमलव शुन्य आठ अंकले घटेर चार सय ८३ दशमलव ६९ अंकमा पुगेको छ । तीन सय आठ वटा कम्पनीहरुको ७७ हजार आठ सय ६१ पटकको कारोबारमा एक करोड ५३ लाख ६२ हजार दुई सय कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम सात अर्ब ९१ करोड १९ लाख ७६ हजार चार सय ५९ रुपैैयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा चार वटा समुहको सुचक बढेपनि बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये बिकास बैंक समुहको सुचक ८० दशमलव ८४ अंकले बढ्दा फाईनान्स, जलबिद्युत र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने २१ दशमलव २५ अंकले घट्दा जीवन बीमा समुहको सुचक पनि एक सय ६२ दशमलव ६२ अंकले घटेको छ । निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन्।
नेप्सेमा आज सप्तकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कमाउँदा कुथली बुखारी स्मल हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । जानकी फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।