काठमाडौँ । नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन पुन: काट्ने बताएका छन्।
बुधवार प्राधिकरणको कार्यालयका आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले उद्योगीहरुले विधुत जोडिएको १५ दिनभित्र बक्यौता बुझाउनुको विकल्प नरहेको बताएका हुन्।
सरकारले नै उद्योगीहरुलाई १५ दिनभित्र बिलअनुसारको बक्यौता बुझाउनु भनेर निर्देश गरिसकेको उनको भनाई थियो।
घिसिङले अब पनि उद्योगी व्यवसायीहरुले सरकारको निर्देशन बेवास्ता गरेर बक्यौता नबुझाएमा यो विषय प्राधिकरणको मात्रै नरहने बताउँदै बक्यौता नउठेमा यस विषय आम नागरिकको विषय बन्नुपर्ने र आम नागरिकले यसमा जिज्ञासा राख्नुपर्ने बताए।