सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अल्बानिया पठाइन्दिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

बुधबार, कार्तिक २८ २०८१

काठमाडौं । वैदेशिक रोजगारमा अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ दक्षिणढोका बस्ने २९ वर्षीय मणि कुमार तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

तामाङले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद ५ लाख ३ हजार ९ सय रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ दक्षिणढोकाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।