बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

तीन पन्ने स्पष्टीकरण

पूर्वश्रीमती ज्योतिलाई पक्राउ गरेर अनुसन्धान गर्न धनराज गुरुङको माग

बुधबार, कार्तिक २८ २०८१

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई सहकारी ठग भनेर गरिएको टिप्पणीप्रति आपति जनाएका छन् ।

एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा आफुलाई सहकरी ठग भनिएको प्रति आपत्ति जनाउदै आफ्नी पुर्व श्रीमती ज्योति गुरुङलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका छन् ।

विज्ञप्ति जारी गर्दै गुरुङले मितेरी सहकारी प्रकरणमा आफू दोषी नभएको बताएका हुन् ।

गुरुङले आफूले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यका निकायले जहिलेपनि छानिबन गर्नसक्ने उल्लेख गरेका छन् ।

गुरुङले आफूजस्तो सादगी जीवन बिताउने, निष्ठाको राजनीति गर्ने र सुशासनको पक्षमा जीवनभर लडिरहेको कांग्रेसको इमानदार कार्यकर्तालाई दैनिकजसो सार्वजनिक कार्यक्रम र मिडियाहरुमा ठग हो, दोषी हो भन्दै कपोकल्पित प्रचार भइरहेको भन्दै आपति जनाएका छन् ।

उनले आफ्नी पूर्व श्रीमती ज्योति गुरुङ जहाँ भएपनि झिकाई अनुसन्धान गर्न माग गर्दै सहकारीको अपचलन गरेको पैसा पीडितलाई फिर्ता गर्न आग्रह गरेका छन् ।

आफू कृष्णप्रसाद भट्टराईको अनुयायी रहेको बताउँदै उनले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यको निकायले जहिले पनि छानबिन गर्न सक्ने बताएका छन् । बेथितिका विरुद्ध आफू लडिरहने भन्दै गुरुङले आफू सहकारी ठग नभएको दाबी गरेका छन् । ​