काठमाडौं । प्रतिकूल मौसमका कारण भैरहवामा अवतरण हुन नसकेपछि जजिरा एयरलाइन्सको जहाज काठमाडौं डाइभर्ट भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार मध्यान्ह भिजिबिलिटी कम भएर अवतरण हुन नसकेपछि जजिराको जहाज काठमाडौं डाइभर्ट गरिएको विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले जानकारी दिए ।
जजिराले भैरहवामा सातमा तीन दिन उडान थालेको छ ।
यस्तै काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाज पोखरा ‘डाइभर्ट’ गरिएको छ ।
बुद्ध एयरको उडान नम्बर ‘बीएचए ८५१’ जहाज काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडेको थियो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार अहिलेसम्म गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।
पोखरामा पनि आज बिहानैदेखि ‘भिजिबिलिटी’ नहुँदा जहाजहरू उड्न सकेका छैनन् ।