बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

रवि लामिछानेलाई आज बयानका लागि रुपन्देही लगिँदै

मंगलबार, कार्तिक २७ २०८१

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देहीको बुटवल लगिंदै छ ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका उनलाई बुद्ध एयरको बिहान सात बजेको उडानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लैजाने तयारी छ । तर, विमानस्थलमा कुहिरो लागेकाले उडान ढिला भएको कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।

रुपन्देही ल्याउने प्रहरीको तयारी भएपछि रास्वपा र सहकारी पीडित दुवै पक्षले विरोध प्रदर्शनको तयारी गरेका छन् ।  रास्वपाले सबै कार्यकर्तालाई बिहानै लुम्बिनी गेटमा उपस्थितिका लागि निर्देशन गरेको छ ।