शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्से सुचक तथा कारोबार रकम दुबै बढ्यो

२२ अंकले बढ्दा ११ अर्ब ३१ करोडको कारोबार

सोमबार, कार्तिक २६ २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से सुचक तथा कारोबार रकम दुबै बढेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार पुन २२ दशमलव १४ अंकले बढेर २७ सय ६० दशमलव २१ अंकमा पुगेको छ भने सेन्सिटिभ तीन दशमलव ६१ अंकले बढेर चार सय ९० दशमलव ७२ अंकमा चढेको छ । तीन सय दुई वटा कम्पनीहरुको एक लाख १३ हजार नौं सय ६४ पटकको कारोबारमा दुई करोड ४५ लाख ५७ हजार एक सय ५३ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम ११ अर्ब ३१ करोड ५२ लाख सात हजार एक सय २७ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहले गुमाएका पनि बाँकी आठ वटा समुहले भने कमाएका छन् । जसमध्ये आज बाँणिज्य बैंक समुहको सुचक १६ दशमलव तीन, जीवन बीमा समुहको सुचक दुई सय २४ दशमलव ६४ अंकले बढेकाछन् । यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने पाँच दशमलव ९२ अंकले घटेर पाँच हजार चार सय ८२ दशमलव ५० अंकमा झरेकोमा फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा र होटल तथा पर्यटन समुहको सुचक पनि घटेका छन्।

नेप्सेमा आज सर्पोट लघुवित्त वित्तीय संस्था सर्पोट लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा इष्र्टन हाईड्रोपावर कम्पनीले सबै भन्दा बढी गुमाएको छ । साहास ऊर्जा लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।