काठमाडौ । एनआईसी एशिया क्यापिटल लिमिटेड र रारा कर्णाली जलविधुत परियोजनाबिच सम्झौंता भएको छ । सम्झौंताको प्रमुख उदेश्य उद्देश्य कर्णाली प्रदेशको त्रिवेणी भेरि नदीमा अवस्थित ७८ मेगावाटको रारा कर्णाली जलविद्युत परियोजनाको विकासका लागि रकम व्यवस्थापन गर्नु रहेको छ।
यसको प्रमुख कर्पोरेट सल्लाहकार सेवा, “आइडिया टु आईपीओ“ मार्फत, एनआइसी एसिया क्यापिटलले कम्पनीहरूलाई विचार चरणबाट स्टक एक्सचेन्जमा सूचीबद्ध हुन मद्दत गर्दै अन्त–देखि अन्य सल्लाहकार सेवाहरू प्रदान गर्दछ । एभिड पार्टनरले दिगो विकास र नवीकरणीय ऊर्जामा केन्द्रित लगानीकर्ताहरूलाई आकर्षित गर्न आफ्नो विश्वव्यापी सञ्जाल र विशेषज्ञताको लाभ उठाउनेछ, यस प्रमुख परियोजनाको पहुँचलाई थप विस्तार गर्नेछ।
रारा कर्णाली जलविधुत परियोजनाले स्थानीय समुदायलाई महत्त्वपूर्ण आर्थिक लाभ पुर्याउने र नेपालको नवीकरणीय ऊर्जा विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । यो सहकार्यले नेपालको जलविधुत क्षेत्रको विकासलाई बढावा दिने प्रभावकारी परियोजनाहरूलाई सहयोग गर्ने एनआइसी एसिया क्यापिटल र एभिड पार्टनरको प्रतिबद्धतालाई जोड दिन्छ ।