शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा उछाल

६२ अंकले बढ्दा नौं अर्ब ७७ करोडको कारोबार

आइतबार, कार्तिक २५ २०८१

काठमाडौं । नेप्सेमा उछाल आएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ६२ दशमलव ५४ अंकले बढेर २७ सय ३८ दशमलव शुन्य छ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ९१ अंकले बढेर चार सय ८७ दशमलव १० अंकमा चढेको छ । तीन सय २५ वटा कम्पनीहरुको एक लाख छ सय ५१ पटकको कारोबारमा दुई करोड २४ लाख ७४ हजार दुई सय ८१ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम नौं अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये आज बाँणिज्य बैक समुहको सुचक २४ दशमलव ४४ अंकले बढेर १५ सय ३१ दशमलव ५७ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि एक सय ४३ दशमलव ८३ अंकले बढेर ३५ सय २० दशमलव १२ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ८६ दशमलव शुन्य पाँच अंकले बढेर १३ हजार चार सय ८७ दशमलव ५२ अंकमा पुग्दा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ५९ दशमलव ५२ अंकले बढेर १३ हजार पाँच सय ४८ दशमलव २० अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन्।

नेप्सेमा आज गुराँस लघुवित्त वित्तीय संस्थाले सबैंभन्दा बढी कमाउँदा सानिमा ग्रोथ फण्डले सबै भन्दा बढी गुमाएको छ । सानिमा जिआईसी इन्स्योेरेन्स कम्पनीको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ।