शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रधानमन्त्री ओली आजबाट नियमित काममा फर्किदै

बिहिबार, कार्तिक २२ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबारदेखि नियमित काममा फर्किने भएका छन्।

ज्वरो आएपछि तीन दिनदेखि बालुवाटारमै आराम गरिरहेका ओलीको स्वास्थ सामान्य अवस्थामा फर्किएपछि चिकित्सकले काम फर्किन सुझाव दिएको बालुवाटार स्रोतले जानकारी दियो।

ज्वरोले प्रधानमन्त्री ओली अवस्थ भएपछि उनको सचिवालयले सबै भेटघाट बन्द गरेको थियो।

अब आजबाट भने ओली नियमित काममा फर्किन लागेका हुन्।